कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको विकल्प खोज्नुस् प्रतिपक्षमा बस्न तयार छौं : एमाले सांसद बस्नेत

काठमाडौँ — नेकपा (एमाले)का सांसद महेश बस्नेतले प्रतिपक्षी र सरकारको समर्थन गरिरहेको दललाई केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको विकल्प खोजेमा आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।

सरकारको विकल्प खोज्नुस् प्रतिपक्षमा बस्न तयार छौं : एमाले सांसद बस्नेत

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बस्नेतले वैधानिक ढंगले सरकार गठन गर्नका लागि सुझाव दिएका हुन् ।

'सरकारको विकल्प खोज्ने हो भने खोज्नुस्, हामी प्रतिपक्षमा बस्न तयार छौं,' बस्नेतले भने । सरकारको समर्थन गर्दै आलोचना पनि गरिरहेको माओवादीलाई उनले समर्थन फिर्ता लिए वैधानिक ढंगले एमाले सरकार अगाडि बढ्ने बताए । 'विगतमा एमालेलाई न पोथी न भाले भन्ने माओवादी आज त्यै अवस्थामा छ । ऊ न विश्वासको मत फिर्ता लिन सक्छ न सरकार गठन गर्न सक्छ,' उनले भने ।

प्रधानमन्त्रीको राजीनामा मात्रै नमाग्न बस्नेतको भनाइ थियो । प्रधानमन्त्रीको राजीनामा माग्ने ढंग प्रतिपक्षी दलहरूको नपुगेको बस्नेतले बताए । उनले सरकारलाई विश्वासको मत प्राप्त नहुने र अर्को सरकार पनि गठन नहुने हो भने निर्वाचनमा जानुपर्ने पनि बताए ।

वर्तमान सरकारले विभिन्न क्षेत्रमा व्यापक विकास गरेको, सुशासन कायम गरेको बस्नेतको दाबी थियो । उनले राजनीतिप्रति निराश भएका युवाहरूमा प्रधानमन्त्री ओलीले आश भरेको बताए । 'आइ हेट पोलिटिक्स भन्ने युवा आज आई लभ यू केपी ओली भनिरहेका छन्,' उनले भने ।

रानीपोखरी, धरहरा, सडक, अस्पताल निर्माण गर्दा प्रतिपक्षी दलहरूको टाउको दुखेको बस्नेतको भनाइ थियो ।

प्रकाशित : चैत्र २६, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?