कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाधा अवरोध छन् भने संसद्लाई जानकारी हुनुपर्छ होइन भने एकतर्फी रूपमा संसद्को काम छैन : लालबाबु पण्डित

काठमाडौँ — नेकपा एमालेका सांसद् लालबाबु पण्डितले सांसद्‌मा बाधा अवरोध छन् भने जानकारी हुनुपर्ने होइन भने एकतर्फी रूपमा संसद्को काम नभएको बताएका छन् ।

बाधा अवरोध छन् भने संसद्लाई जानकारी हुनुपर्छ होइन भने एकतर्फी रूपमा संसद्को काम छैन : लालबाबु पण्डित

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद् पण्डितले संसद्‌लाई बाधा अवरोधहरु भएको आफूलाई थाहा नभएको छन् भने संसद्लाई जानकारी हुनुपर्ने बताए । ' बाधा अवरोध छन् भने संसद्लाई जानकारी हुनुपर्छ होइन भने एकतर्फी रूपमा संसद्को काम छैन,' पण्डितले भने,'एकतर्फी रूपमा सरकारले काम दिएन अनि एकतर्फी रूपमा जनताको समस्या संसद् र सरकारले बुझ्न सकिएन भने के हुन्छ ? त्यो पूर्वाग्रह बाहेक केही हुँदैन । '

उनले सातौं अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका बताए । 'नाम विधेयक अधिवेशन । ६५ विधेयक राष्ट्रिय र प्रतिनिधिसभामा रहेका छन् । कतिपय सन्धि सम्झौता अनुमोदनका निम्ती पर्खिरहेको स्थिति छ,' उनले भने,'दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन विधेयकको रूपमा अहिले पर्खेर बसिरहेको छ । सवा लाखभन्दा बढी युवाहरू कुरिरहेका छन् र आँसु झारिरहेका छन् ।'

संघीय निजामती सेवा विधेयक लामो समयदेखि सदनमा रहेको पनि उनले बताए । विभिन्न समितिले संसद्‌मा प्रतिवेदन पठाइरहे पनि सरकारले संसद्लाई काम गर्न नदिएको भन्दै प्रचार गरिएको उनले बताए ।

'कतिपय गैरसरकारी विधेयक पनि छन् । तर प्रचार गरिँदै छ संसद्लाई सरकारले काम दिएन,' उनले भने, 'सरकारले ल्याएका विधेयक काम होइन ? सन्धि सम्झौता अनुमोदनका लागि ल्याएको काम होइन ? के हो यो ?'

जानकारीको अभाव हो भने विधेयक शाखाबाट रिपोर्ट लिन सकिने उनको भनाइ थियो । 'यो संसदीय प्रणाली नै काम लाग्दैन कि भन्ने ठान्ने र व्यवस्थाप्रति आस्था र विश्वास नभएका व्यवस्था नै समाप्त पार्न सकिन्छ कि भन्ने ठान्नेहेरू संसद्को काम मात्रै छैन भन्ने ठान्ने । जबर्जस्ती सरकारलाई हटाउन चाहने कुण्ठा बोकेकाहरूलाई के भन्ने,' उनले भने ।

संसद्ले काम गर्न सकिरहेको स्थिति छैन भनेपनि यसमा सभामुखको विशेष भूमिकाको आवश्यकता रहेको उनले बताए । 'यदि संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने संसदमाथि प्रश्न उठ्छ भने काम गर्न सकेन भनेर प्रश्न उठ्छ भने सभामुखमाथि पनि प्रश्न उठ्छ सरकारमाथि मात्रै प्रश्न उठ्दैन,' उनले भने ।

उनले संसद्‌मा आएका आसा भरोसाका विधेयक अगाडि बढाउने काममा कसैले नरोकेको बताए । पूर्वाग्रह हटाउनेको अगुवाइ सभामुखले लिनुपर्ने उनले बताए ।

सरकारका मन्त्री र प्रधानमन्त्री र संसद् दोष दिएर उम्किन पाउने स्थिति नभएको उनले बताए । संसद्लाई सक्रिय बनाउन विधेकयक प्रस्ताव सन्धि सम्झौता अगाडि बढाउनका नम्ति जनतासँग सम्बन्धी सरोकारका विषय अगाडि बढाउन सभामुखको विशेष भूमिका हुनुपर्ने पण्डितले बताए ।

प्रकाशित : चैत्र २६, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?