कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास र समृद्धिले गति लिएको मुख्यमन्त्री राईको दाबी

डम्बरसिं राई

खोटाङ — प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विकास र समृद्धिले गति लिएको बताएका छन् । शनिबार दिक्तेल सोल्मामा कम्पोष्ट मल उद्योगको उद्घाटन मन्त्री राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले गरेको विकास र समृद्धिले गति लिएको बताएका हुन् ।

विकास र समृद्धिले गति लिएको मुख्यमन्त्री राईको दाबी

सडक, पुल, खानेपानी, विद्युत्, कृषि, पर्यटन लगायतको विकासले जनतामा समृद्धि मिलेको बताए । ‘प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनको विकासले जनतामा सुविधा पुगेको छ’, राईले भने–‘यो युग विकास र समृद्धिको युग भएकाले यसले जनताको खुसी भएका छन् ।’

कृषिमा अनुदान, युवा रोजगारलगायतका कामले समेत जनता खुसी भएको मुख्यमन्त्री राईले दाबी गरे । पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङको विकासे योजनाहरुको अनुगमनमा आएका राईले मध्यपहाडी लोकमार्गअन्तर्गतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्गअन्तर्गत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन निर्देशन गर्ने बताए ।

बुइपाको एलम्बर पार्क, ट्याम्के भ्युटावर, मुन्धुम ट्रेलको काम धमाधम भइरहेकाले त्यसको विकासले पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले सुनाए ।

प्रकाशित : चैत्र २१, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?