झलनाथ खनाललाई भेट्न डल्लु पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी छन् ।

झलनाथ खनाललाई भेट्न डल्लु पुगिन् राष्ट्रपति भण्डारी

उनीहरुबीच डल्लुस्थिन खनाल निवासमा भेटवार्ता भइरहेको छ । शनिबार करिब ४ बजे राष्ट्रपति भण्डारी खनाल निवास पुगेकी हुन् ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले राष्ट्रपति र नेता खनालबीच करिब ४ बजेदेखि भेटवार्ता भइरहेको जानकारी दिए । 'भेट नभएको लामो समय भइसकेको थियो त्यसैले राष्ट्रपति भेट्न आउनुभएको हो । समसामयिक विषयमा छलफल भइरहेको छ,' भट्टराईले भने ।

राष्ट्रपतिले केही दिन पहिले बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री खनाल अनुपस्थित भएका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खनाल र नेता माधवकुमार नेपाल असन्तुष्ट रहेका छन् ।

प्रकाशित : चैत्र २१, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?