कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाबुराम भट्टराई भन्छन् - ‘जसपाले ओलीतन्त्रको घाँस खान्‍न ! चेतना भया !’

काठमाडौँ — जनता समाजावदी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका छन् ।

बाबुराम भट्टराई भन्छन् - ‘जसपाले ओलीतन्त्रको घाँस खान्‍न ! चेतना भया !’

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले जसपाले 'ओलीतन्त्रको घाँस नखाने' दाबी गरेका छन् ।

‘रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! बन्दी बीपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस–कम्युनिस्ट पञ्‍चायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !,’ भट्टराईले लेखेका छन् ।

सरकारमा जाने/नजाने विषयले जसपाभित्र चर्को विवाद देखिएकै बेला अध्यक्ष भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । जसपामा भट्टराई र उपेन्द्र यादवपक्ष ओली सरकारमा सहभागी हुन नहुने अडान राख्दै आएका छन् ।

तर, पूर्व राजपा पक्षका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु भने आफूहरुका माग ओलीले नै पूरा गर्ने बताउँदै आएका छन् ।

प्रकाशित : चैत्र १९, २०७७ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?