कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेश एमाले संसदीय दलको विधान संशोधनका लागि समिति गठन 

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठकले  विधान संशोधनका लागि समिति गठन गरेको छ । 

वाग्मती प्रदेश एमाले संसदीय दलको विधान संशोधनका लागि समिति गठन 

नेकपा औपचारिक विभाजनपश्चात् बुधबार पहिलो पटक ललितपुरको च्यासलमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको हो । समिति सदस्यमा प्रदेशसभा सदस्य नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन् । बैठकमा माधव नेपाल समूहको तर्फबाट प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले विगतका कमीकमजोरीलाई सच्याएर अघि बढ्नु पर्ने धारण व्यक्त गरेकी थिइन् ।

अविश्वासको प्रस्ताव, संसदीय दलको विधान संशोधन र वर्तमान राजनीतिक अवस्थाको विषय बैठकको एजेन्डाको रुपमा रहेको मुख्य सचेतक पाण्डेले जानकारी दिए । तत्कालिन नेकपाका माधव नेपाल पक्षका २२ र माओवादीका २३ जना सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । नेपाल पक्षका सांसदहरुले प्रदेशसभा सचिवालयमा औपचारिकरुपमा निवेदन दर्ता गराएर अविश्वास प्रस्ताव फिर्ता लिएसँगै उक्त विषयमाथि बैठकमा छलफलै नभएको सांसदहरुले बताएका छन् । माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्तावलाई प्रक्रियागत रुपमा फिर्ता लिने निर्णय गरिसकेको छ ।

वाग्मती प्रदेशमो ५७ मत रहेको एमालेको एकल बहुमत छ । ११० सांसद रहेको वाग्मतीमा ५६ मत भए सरकार गठन गर्न सकिन्छ ।

प्रकाशित : चैत्र १८, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?