कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल पक्षका सांसदद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका एमालेको माधवकुमार नेपाल पक्षका १६ जना प्रदेशसभा सदस्यले मंगलबार सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिएका छन् ।

नेपाल पक्षका सांसदद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

नेपाल पक्षका नेता तथा प्रस्तावित मुख्यमन्त्री समेत रहेका भीम आचार्यलगायत १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएकाले नयाँ राजनीतिक परिस्थतिमा अविश्वासको प्रस्तावमाथि समर्थन नरहने जानकारी उनीहरुले प्रदेशसभा सचिवालयलाई गराएका छन् ।


मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रसताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एक जना माओवादी केन्द्रकासहित एमालेका गरी २३ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । अब माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्य मात्रै अविश्वस प्रस्तावको पक्षमा रहेको छ ।

प्रकाशित : चैत्र १७, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?