कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्युँतियो माओवादी केन्द्र निकट विद्यार्थी संगठन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्युँताइएको छ । बिहीबारको पदाधिकारी बैठकले रञ्जित तामाङ नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) लाई पुनर्जीवित गर्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

ब्युँतियो माओवादी केन्द्र निकट विद्यार्थी संगठन

फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयपछि तीन वर्षअघि एकता भएको माओवादी केन्द्र र एमाले फेरि अलग भएका हुन् । माउ पार्टी छुट्टिएपछि विद्यार्थी संगठनहरु पनि अलग भएका हुन् ।

यसअघि एमाले निकट अनेरास्ववियुसँगको एकतापछि अनेरास्ववियू नाम राखिएको थियो ।

उपाध्यक्ष बस्नेतका अनुसार यही १४ गते काठमाडौंमा बस्ने क्रान्तिकारीको केन्द्रीय कमिटीको विस्तारित बैठकबाट नयाँ परिस्थितिमा संगठनको योजना र कार्यक्रम आउने छन् । क्रान्तिकारीको उपाध्यक्षहरुमा बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, रविकिरण यादव छन् ।

त्यस्तै महासचिवमा उत्तम अधिकारी र उपमहासचिवमा जीपी मैनाली र तुकमान महरा रहेका छन् ।

सचिवमा नरेश रेग्मी, पवन कार्की, मदन भट्टराई, सूर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, राजकुमार लिम्बू, अच्युत भट्ट, गजेन्द्र देव, प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षको जिम्मेवारीमा केशव रावल छन् ।

प्रकाशित : चैत्र १२, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?