कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीएचडी गरेका विज्ञहरूबाट भन्दा अब्बल विचार प्रधानमन्त्रीबाट आउँछ : कृषिमन्त्री अर्याल

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले विज्ञहरूले ठूल्ठूला कुरा गर्ने र व्यवहारमा लागू नगर्नाले कृषि क्षेत्र माथि उठ्न नसकेको बताएकी छिन् ।

पीएचडी गरेका विज्ञहरूबाट भन्दा अब्बल विचार प्रधानमन्त्रीबाट आउँछ : कृषिमन्त्री अर्याल

बिहीबार कृषि मन्त्रालय नेपाललाई 'पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर' भएको घोषणा कार्यक्रममा मन्त्री अर्यालले महत्त्वपूर्ण ठाउँमा काम गर्न नसक्नेले नै बाहिर आएपछि फेसबुक र पत्रिकामा ठूला कुरा गरेको बताएकी हुन् । उनले भनिन्, 'केही केही साथीहरू देख्छु, हिजो महत्त्वपूर्ण ठाउँमा हुँदा गर्न नसक्ने बाहिर निस्किएपछि फेसबुक र पत्रिका ठूल्ठूला आदर्शका कुरा सिकाउने ।'

साथै मन्त्री अर्यालले जागिरे मानसिकताबाट माथि उठेर काम गर्न पनि कर्मचारीहररूलाई निर्देशन दिएकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली भिजन भएको नेता भएकाले अगाडि बढ्न सजिलो भएको पनि दाबी गरिन् ।

उनले अगाडि भनिन्, 'अहिले त कुन बाटो हिँड्ने भन्ने समस्या नै छैन । हरेक क्षेत्रमा यहाँ थुप्रै पीएचडी गरेका डाक्टरहरू हुनुनुहुन्छ । थुप्रै विज्ञ हौं भन्ने हुनुहुन्छ । थुप्रै डिग्री गरेका हुनुहुन्छ । कुनै विषयमा कसरी अगाडि बढौँ भन्ने हो भने त्योभन्दा के कम, त्यो भन्दा अब्बल विचार सम्माननीय प्रधानमन्त्रीज्यूबाट आउँछ ।'

त्यस्तै अर्यालले नेपालको ठूलो जनसंख्या कृषिमै आधारित भएकाले अलमल नगरी अगाडि बढ्न पर्ने पनि बताएकी छिन् ।

प्रकाशित : चैत्र १२, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?