कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चितवनमा सवारी दुर्घटना : दुईको मृत्यु, दुईको अवस्था गम्भीर

चितवन — नारायणगढ मुग्लिन सडकमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । घाइते भएकामध्ये दुईजनाको अवसथा गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार सो सडकको भरतपुर महानगरपालिका-२९ दासढुंगामा दिउँसो साढे ४ बजे नारायणगढबाट मुग्लिन जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रकले मुग्लिनबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

घाइते भएका तनहुँका २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथका ३१ वर्षीय रामकृष्ण भुजेलको मृत्यु भएको डीएसपी थापाले जानकारी दिए । उपचारका लागि भरतपुर ल्याउँदै गर्दा उनीहरूको बाटोमा नै मृत्यु भएको थापाले बताए ।

दुर्घटानामा घाइते कारका चालक लमजुङका पदम सापकोटा र अर्का घाइते स्याङ्जाका प्रसाद थापाको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुवैको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए ।

प्रकाशित : चैत्र ११, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×