१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सरकारको नेतृत्व लिन कांग्रेस तयार : रमेश लेखक

९ जिल्लाले अझै पठाएनन् क्रिशालित सदस्यता विवरण

काठमाडौँ — नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि उनले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताएका हुन् । 

सरकारको नेतृत्व लिन कांग्रेस तयार : रमेश लेखक

उनले भने,“आवश्यकता पर्‍यो भने वैकल्पिक सरकार दिन्छौ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन । ”

बैठकमा क्रियाशिल सदस्यता छानबिन समितिले क्रियाशिल सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमीकमजोरी लगायतबारे जानकारी गराएको थियो । क्रियाशिल सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले बताए ।

सोमबारसम्म जम्मा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशिल सदस्यताको सम्पूर्ण जानकारी इन्ट्री भइसकेको र त्यसमध्ये नयाँ १ लाख ८० हजार २ सय ७५ जना र नविकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको उनले जानकारी दिए । लेखकका अनुसार मुलुकभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ ।

कांग्रेसले महाधिवेशनको पूर्वसन्धयामा नविकरण र नयाँ वितरणका लागि भोली मंगलबारसम्मको समय दिएको थियो ।

प्रकाशित : चैत्र ९, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?