कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा बस दुर्घटना, १ को मृत्यु, २९ जना घाइते 

अर्जुन शाह

धनगढी — कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस आइतबार राति घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

कैलालीमा बस दुर्घटना, १ को मृत्यु, २९ जना घाइते 

इलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहराका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते २७ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर एक जनालाई नेपालगञ्ज रेफर गरिएको छ । उनका अनुसार तीव्र गतिमा रहेको

ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस अगाडि रहेको अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रकाशित : चैत्र ८, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?