कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लोकसभाका सभामुखलाई कोरोना देखिएपछि राजदूत आचार्य क्वारेन्टाइनमा

नयाँदिल्ली — भारतको तल्लो सदन लोकसभाका सभामुख ओम बिरलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य क्वारेन्टाइनमा बसेका छन् ।

लोकसभाका सभामुखलाई कोरोना देखिएपछि राजदूत आचार्य क्वारेन्टाइनमा

दिल्लीको अल इण्डिया एन्स्टिट्युट अफ मेडिकल साइन्सेस् (एम्स्) ले आइतबार एक विज्ञप्ति जारी गर्दै बिरलालाई संक्रमण भएको जानकारी दिएको हो । शुक्रबार गरिएको परीक्षणमा बिरलालाई संक्रमण पुष्टि भएको थाह पाउनासाथ आफू क्वरेन्टिनमा बसेको राजदूत आचार्यले कान्तिपुरलाई बताए ।

राजदूत आचार्यले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको र संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् ।

सभामुख बिरला र राजदूत आचार्यबीच भेट भएको भोलिपल्ट कोरोना संक्रमण देखिएपछि बिरलालाई एम्स्को कोभिड वार्ड भर्ना गरिएको हो । बिरलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको एम्स्ले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?