नेपाल दक्षिण एसियाकै खुसी देश
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो । १४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा पुग्न सफल भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![नेपाल दक्षिण एसियाकै खुसी देश](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/index-2132021030000-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
नेपालपछि माल्दिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९ औं स्थानमा छन् । कोरोना भाइरसको संक्रमणको असर अघि र संक्रमणका समयमा सर्वेक्षण गरिएको हो । सर्वेक्षणका समय बंगलादेश र भारतमा भाइरस संक्रमणको असर उच्च थियो ।
विश्वको सबैभन्दा खुसी हुने मुलुकको सूचीमा नर्डिक मुलुक फिनल्यान्ड परेको छ । यस्तै, डेनमार्क र स्विट्जरल्यान्ड दोस्रो र तेस्रो स्थानमा छन् । आइसल्यान्ड र नेदरल्यान्ड्स क्रमशः चौथो र पाँचौं स्थानमा छन् । नवौं स्थानको न्युजिल्यान्ड शीर्ष १० भित्र पर्ने युरोपबाहिरको एकमात्र देश हो ।
सूचीमा अमेरिका १९ औं स्थानमा परेको छ भने नेपालको उत्तरी छिमेकी मुलुक चीन ८४ औं स्थानमा छ । संस्थाले कोरोना भाइरस संक्रमणको बेलामा टेलिफोनमार्फत सर्वेक्षण गरेको पनि जनाएको छ । हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तान सूचीमा सबैभन्दा तल अर्थात् १४९ स्थानमा छ ।
त्यसैगरी, लेसोथो १४८, बोत्स्वाना १४७, रुवान्डा १४६ र जिम्बाबे १४५ औं स्थानमा परेका छन् । नेटवर्कका अनुसार सम्बन्धित मुलुकका जनताहरूले आफूलाई कति खुसी मान्छन् भनेर सर्वेक्षण गर्न थालिएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)