कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

कोभ्याक्सिन खोपले पायो प्रयोग अनुमति

काठमाडौँ — औषधि व्यवस्था विभागले भारत बायोटेकको उत्पादन कोभ्याक्सिन खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले शुक्रबार अनुमति दिएको हो ।

कोभ्याक्सिन खोपले पायो प्रयोग अनुमति

भारत बायोटेकले कोभ्याक्सिन खोपको प्रभावकारिता ८१ प्रतिशत रहेको दाबी गरेको छ । तेस्रो चरणको क्लिनिकल ट्रायल (मानव परीक्षण) को नतिजा सार्वजनिक गर्दै कम्पनीले त्यस्तो दाबी गरेको हो । कोभ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित भण्डारण गर्न सकिन्छ ।

बायोटेक भारतमा कोरोनाविरुद्धको खोपको प्रयोग गर्ने अनमुति पाउने दुई कम्पनीमध्ये एक हो । भारत सरकारले हालसम्म कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई मात्र

आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले तथा कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो ।

कोभिसिल्डको उत्पादक पुनाको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन भने हैदराबादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सेरमसँग मासिक १० करोड खोप उत्पादन गर्ने क्षमता छ भने बायोटेकले भने मासिक करिब ३ करोड खोप उत्पादन गर्न सक्ने बताइएको छ ।

नेपालमा यसअघि कोभिसिल्ड र चिनियाँ कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप ‘भेरो सेल’ लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिइएको छ ।


प्रकाशित : चैत्र ८, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?