कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नैतिकताको पाठ पढाएर मन्त्रीलाई राजीनामा दिन लगाउने प्रधानमन्त्री जितिया शासक भएर हिँडेका छन् : भुसाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडेको बताएकी छन् । सर्वोच्च अदालतको फागुन ११ को फैसलापछि पनि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिएको भुसालको भनाइ थियो । 

नैतिकताको पाठ पढाएर मन्त्रीलाई राजीनामा दिन लगाउने प्रधानमन्त्री जितिया शासक भएर हिँडेका छन् : भुसाल

‘राजनीतिमा नैतिकता हुन्छ, मूल्य हुन्छ । हामीलाई स्मरण छ । यही केपी ओली नेतृत्वकै सरकारका कानुनमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा प्रशंगवस गलत शब्द प्रयोग गर्दा राजीनामा दिनु भएको थियो । राजीनामा दिन लगाइएको थियो, नैतिकताको पाठ पढाएर । अर्का एउटा मन्त्रीलाई सुरक्षा प्रेस सम्बन्धी अडियो सार्वजनिक भएपछि राजनीनामा दिएको, दिन लगाइएको थियो,’ शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता भुसालले भनिन्, ‘मैले सोचेको थिएँ फागुन ११ को सर्वोच्चको फैसलापछि त्यो राजनीनिक नैतिकताको पालना गरिने छ भनेर ।अहिले पनि बडो जिताहा शासकजस्तो गरेर हिँड्ने कुराले आज आमनागरिकमा के पर्छ होला ?’

अनैतीक कामको जिम्मेवारी नलिने र आत्मसमीक्षा नगर्ने व्यक्तिहरुका कारणले आज राजनीति बदनाम भएको भुसालले बताइन् । ‘सबै नीतिको माउ नीति राजनीति हो । राजनीतिज्ञले कस्तो आदर्श र चरित्र देखाउँछन् ? त्यसको प्रभाव आम जनतामा पर्छ । त्यस्तै अनैतिक कामको जिम्मेवारी नलिने, आत्मसमीक्षा नगर्ने व्यक्तिहरुका कारणले आज राजनीति बदनाम छ । मान्छेहरुले राजनीति भनेपछि फट्याइँ, ठग्ने नै हो भन्ने ठानेका छन्,’ उनले भनिन् ।

प्रकाशित : चैत्र ६, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?