कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महान्यायाधिवक्ता खरेलले गरे राजीनामा

काठमाडौँ — महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

महान्यायाधिवक्ता खरेलले गरे राजीनामा

पत्रकार सम्मेलनमा खरेलले भने, 'प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको छु । मैले ३ वर्षमा के-के काम गरेँ यसअघि पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने गरेको थिएँ । '

उनलाई सरकारले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गरेको थियो । २०६४ र २०७० सालका संविधानसभामा सदस्य रहेका उनी केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुनमन्त्री थिए । बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका खरेल महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य थिए ।

यसअघि प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो ।

उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो । त्यति बेला उनले प्रधानमन्त्रीले कुनै असन्तुष्टि व्यक्त नगरेको र आफूले राजीनामा दिने कुरा पनि सत्य नरहेको स्पष्ट पारेका थिए ।


प्रकाशित : चैत्र ६, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?