कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक जारी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरु सहभागी रहेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक जारी

बैठकमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी छन् ।यस्तै, जनता समाजवादी पार्टीकका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सहभागी छन् ।

समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलको बैठक आह्‍वान गरेकी हुन् ।

बैठकमा पूर्व प्रधानमन्त्रीत्रय झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई भने अनुपस्थित छन् । खनाल र नेपाल बुधबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने जनाउँदै बैठकमा सहभागी नभएको उनीहरुका सचिवालयले जनाएका छन् ।

प्रकाशित : चैत्र ३, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?