कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

८७ ठाउँमा जनगणना कार्यालय

काठमाडौँ — राष्ट्रिय जनगणना २०७८ का लागि आइतबार देशका ८७ स्थानमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरिएका हुन् ।

८७ ठाउँमा जनगणना कार्यालय

काठमाडौंमा ५ वटा, झापा, मोरङ, सुनसरी, रूपन्देही, कैलालीमा दुई–दुई वटा जनगणना कार्यालय छन् । ‘जनगणना अधिकारी र सहायक अधिकारीको जिम्मेवारी तोकेर कार्यालय स्थापना गरिएको हो,’ केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले भने । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन गर्ने विभागले जनाएको छ ।

जनगणनामा खटाइने ८ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ । अहिलेसम्म १ लाख ४० हजारभन्दा बढीले आवेदन दिएको जनाइएको छ । आगामी जेठ २५ गतेबाट असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ ।

प्रकाशित : चैत्र १, २०७७ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×