कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकतन्त्र, संघीयताविरोधी शक्तिसँग कुनै सहकार्य हुँदैन : यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र, संघीयताविरोधी शक्तिसँग कुनै पनि किसिमको सहकार्य नहुने बताएका छन् । 

लोकतन्त्र, संघीयताविरोधी शक्तिसँग कुनै सहकार्य हुँदैन : यादव

सिंहदरबारमा शुक्रबार बसेको जसपा संसदीय दलको बैठकपछि पत्रकारसँग अध्यक्ष यादवले लोकतन्त्र, संघीयताविरोधी शक्तिसँग कुनै पनि किसिमको सहकार्य नहुने प्रस्ट पार्दै लोकतन्त्र, संघीयता, गणतन्त्र पक्षधरसँग सहकार्य गर्नुपर्नेमा पार्टीको जोड रहेको बताएका हुन् ।

'लोकतन्त्र, संघीयताविरोधी शक्तिसँग कुनै पनि किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुन सक्दैन । हामी संघीयता पक्षधर, लोकतन्त्र पक्षधर, परिवर्तनका पक्षधरबीचमा सहकार्य, समन्वय गरी मुलुकलाई निकास दिनुपर्दछ ।'

प्रधानमन्त्री ओलीले संविधान उल्लंघन गरेको सर्वोच्च अदालतले ठहर गरेको भन्दै राजीनामा माग गरे । 'सर्वोच्च अदालतले प्रधानमन्त्रीले असंवैधानिक कार्य गरेको ठहर गरिसकेपछि संविधान उल्ल‌ंघन गर्ने कार्यकारी प्रमुखले आफ्नो पद त्याग्नु पर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ ।'

यस्तै जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि प्रतिगमनकारी शक्तिसँग कुनै पनि हालतमा सहकार्य नहुने बताए ।

नेता राजकिशोर यादवले आफूहरुको माग पूरा नभएसम्म सत्ता समीकरणबारे कुरा नहुने बताए । उनले भने, 'जबसम्म हामीले उठान गरेका कुराहरू पूरा नभएसम्म सत्ता समीकरणबारे कुरा हुँदैन । हामी अरूलाई समर्थन गर्न मात्रै बनेका होइनौं । अब यो ऐतिहासिक कार्यभार जसपाले लिनुपर्छ, लिन तयार छ ।'

प्रकाशित : फाल्गुन २८, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?