कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपाको माग पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल : ठाकुर

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले उठाएका एजेन्डा पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल गर्ने बताएका छन् । 

जसपाको माग पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल : ठाकुर

बिहीबार जसपा, नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफूहरुका नेता, कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका हुन् । अध्यक्ष ठाकुरले बिहीबार साँझ साढे पाँच बजे ठाकुर लगायत नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईले यस विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेको पनि जानकारी दिए । उनले भने– ‘५ जना साँढे पाँच बजे प्रधानमन्त्रीसँग भेट्न गइरहेका छौं । यसमा हाम्रो एजेन्डा यो छ कि, साथीहरु, सांसदहरु जो जेलमा छ । प्रदेशका मन्त्रीहरुमाथि मुद्दा छ । जेलमा छन् मानिसहरु, उनीहरुको रिहाइको विषयमा । मुद्दा फिर्ताको विषयमा कुरा गर्ने । सत्ता समीकरणको विषयमा हामीले केही कुरा गर्ने होइन । हाम्रो एजेन्डा जुन छ, ती एजेन्डा पूरा भएपछि मात्रै हामी सत्ता समीकरणबारे सोचौंला ।’

उनले यस विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेको र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए । उनले जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने पनि बताए ।

प्रकाशित : फाल्गुन २७, २०७७ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?