कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।

यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।

विगतमा एसईई चैतमै हुँदै आएकामा यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो । सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ ।


प्रकाशित : फाल्गुन २५, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?