कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर  प्रधानमन्त्रीले झूट बोल्‍नुभयो : गगन थापा

इकान्तिपुर डेस्क

काठमाडौँ — एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर  प्रधानमन्त्री केपी शर्मा ओलीले झूट बोलेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर  प्रधानमन्त्रीले झूट बोल्‍नुभयो : गगन थापा

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गरेको कुरामा आफूहरुले विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिटेको थापाको भनाइ छ ।

मंगलबार थापाले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन आफूहरु तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्‍जालमा लेखेका छन्, 'संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने? झूट प्रधानमन्त्रीज्यू! एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।'

सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा दाहाल-नेपाल समूह र कांग्रेसले एसिड आक्रमणविरुद्ध सरकारले पेस गर्न लागेको अध्यादेश रोकेको आरोप लगाएका थिए । प्रधानमन्त्रीले उक्त कार्यक्रममा भनेका थिए, 'एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्न आँट्यो । फेल गरे भइगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? ... एसिड छ्याप्न हुने, अध्यादेश ल्याउन नहुने ?'

गत असोज १२ गते मन्त्रिपरिषद्को सिफारिसमा तेजाब आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । संशोधित कानुनअनुसार एसिड छ्यापे २० वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?