कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

दाहाल-नेपाल समूहका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् ।

दाहाल-नेपाल समूहका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए ।

सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि दाहाल-नेपाल पक्षका सांसदहरु बाहिएका थिए ।

प्रकाशित : फाल्गुन २३, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?