दाहाल-नेपाल समूहले आधिकारिता दाबी गर्दै संसद् सचिवालयलाई बुझायो पत्र- समाचार - कान्तिपुर समाचार

दाहाल-नेपाल समूहले आधिकारिता दाबी गर्दै संसद् सचिवालयलाई बुझायो पत्र

जयसिंह महरा

काठमाडौँ — नेकपा दाहाल-नेपाल समूहले आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ ।

दाहाल-नेपाल समूहका सांसदहरुले सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र दिएका हुन् । दाहाल-नेपाल समूहले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सकिएलगत्तै सांसद्हरु महासचिव गौतमलाई दलको नेतामा दाहाललाई चयन गरिएको र आधिकारिक पार्टी रहेको जानकारी दिन संसद् सचिवालय पुगेका थिए । पत्र दर्ता गर्ने/नगर्ने भन्‍ने विषयमा छलफल भइरहेको छ ।

प्रकाशित : फाल्गुन २३, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्

संसद्‌मा केही फेस गर्नु छैन, सामान्य ढंगले चल्छ : प्रधानमन्त्री ओली 

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् सामान्य ढंगले चल्ने बताएका छन् । आइतबार शिक्षण अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद्‌मा ‘फेस’ गर्नुपर्ने केही नभएको बताए ।

उनले भने,'संसद्‌मा के फेस गर्नु छ र ? संसद्‌मा केही फेस गर्नु छैन । संसद् सामान्य ढंगले चल्छ ।'

यस्तै, प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउन सबैलाई अपिल गरे । उनले कोरोना खोप सुरक्षित रहेको भन्दै ढुक्कका साथ लगाउन आग्रह गरे ।

यस्तै, प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संघीय संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेको तर दल विभाजन औपचारिक रूपमा नभएकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जनाएको हो ।

प्रकाशित : फाल्गुन २३, २०७७ १३:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×