कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाको नीति निर्माण र भविष्यको योजना तर्जुमाको लागि महत्वपूर्ण सम्मेलन ‘पृतनापति समन्वयात्मक बैंठक–२०७७’ शुक्रबार सकिएको छ ।

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

बिहीबारबाट सुरु भएको उक्त बैठकमा मुलुकका विभिन्न क्षेत्रको आन्तरिक तथा बाह्य सुरक्षा, सेनाको भित्रको आन्तरिक विषय र अगामी दिनमा सेनाले लिनु पर्ने बाटोलगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा सातै प्रदेशमा रहेका सात पृतनाका पृतनापतिसहित उपत्यका पृतनाका पृतनापतिको पनि सहभागिता रहेको थियो । साथै, सैनिक मुख्यालयमा रहेको विभिन्न विभागका प्रमुख तथा प्रधानसेनापति पूर्णचन्द्र थापा र रथी प्रभुराम शर्माको पनि उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा प्रधानसेनापति थापाले उक्त सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नै पर्ने, गर्नु पर्ने र गर्न सक्ने कार्यको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्‍याउने बताएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । थापाले उक्त सम्मेलनले संगठनको भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको पनि बताएका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७७ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?