कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दसँगको सहमतिमा हतियार व्यवस्थापनबारे बुँदा नदेखिँदा गम्भीर छाैं : नेता केसी

रमेशकुमार पौडेल

चितवन — कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकार र चन्द नेतृत्वको नेकपाबीचको सहमति सकारात्मक भए पनि हतियारको विषयमा केही नबोल्नुले शंका बढाएको बताएका छन् ।

चन्दसँगको सहमतिमा हतियार व्यवस्थापनबारे बुँदा नदेखिँदा गम्भीर छाैं : नेता केसी

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै नेता केसीले भने, ‘सम्झौता सकरात्मक हो । तर तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा देखिएन यसमा हामी गम्भीर छौं ।’

चन्द समूहसँग हतियारै छैन भन्ने कुरा नभएको उनले बताए । ‘ठाउँठाउँमा सरकारले पक्रेको छ । तर सहमतिमा यसबारे किन मौन ?’ नेता केसीको प्रश्न थियो । सम्झौताका कारण पीडकहरुले उन्मुक्ति पाउने र पीडितले न्याय नपाउने अवस्था आउन नहुने उनले बताए ।

‘कांग्रेसको चाहना यत्ति हो । नभए शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन भन्ने मान्यता राख्ने हामीले सम्झौतालाई स्वागतयोग्य र सकारात्मक मान्छौं’ नेता केसीले थपे ।

प्रकाशित : फाल्गुन २१, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?