कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ । नेपालमा ९ सय ७४ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

हालसम्म देशभर २१ लाख ७० हजार १ सय १२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६२ जना रहेका छन् ।

प्रकाशित : फाल्गुन १८, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?