कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा आरोहण खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्यटन विभागले वसन्तयामका लागि सगरमाथालगायत हिमाल आरोहण खुला गरेको छ । तर हालसम्म कसैको पनि आवेदन नपरेको विभागले जनाएको छ ।

सगरमाथा आरोहण खुल्यो

‘यो सिजनमा करिब ३ सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेका छौं,’ विभाग निर्देशक मीरा आचार्यले भनिन्, ‘१५ जना नेपालीसमेत उक्लने तयारीमा छन् ।’

गत वर्ष कोरोना महामारीका कारण सरकारले वसन्तकालीन आरोहण अभियान स्थगन गरेको थियो । विभागले सगरमाथा आधार शिविरमाथिको खुम्बु आइसफल हुँदै पहिलो शिविर (६१ सय मिटर उचाइ) सम्मको बाटो बनाउने जिम्मा सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपीसीसी) लाई दिएको छ ।

निर्देशक आचार्यका अनुसार आइतबार ८ जना आइसफल डाक्टर लुक्ला हुँदै सगरमाथा आधार शिविरतर्फ लागेका छन् । उनीहरूले भर्‍याङ राखेर आरोहीका लागि बाटो बनाउनेछन् । दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने जिम्मा एक्सपिडिसन अपरेटर्स एसोसिएसनले पाएको छ । एसोसिएसन अध्यक्ष डम्बर पराजुलीका अनुसार सो कार्यका लागि चैत पहिलो साता ८ जना हाई–अल्टिच्युट गाइड त्यसतर्फ जानेछन् ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?