कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

रहेनन् ‘डाक्टर बा’

कान्तिपुर संवाददाता

काठमाडौँ — आधा शताब्दीभन्दा बढी नि:शुल्क मेडिकल प्राक्टिस गर्ने चिकित्सक डा. शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

रहेनन् ‘डाक्टर बा’

पञ्चायतकालीन दमनका विरुद्ध कदम चाल्ने सक्रिय कार्यकर्ताका रूपमा समेत चिनारी बनाएका उप्रेती प्रजातन्त्र पुन:स्थापनापछि नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यसमेत बनेका थिए । उप्रेतीले लेखेको आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’मा आफ्नो संघर्षमयी जीवनयात्रा, राजनीतिक उहापोह र व्यापारिक बन्दै गएको समयको झलक समेटिएको छ । बिरामीबाट कुनै शुल्क नलिई उपचारमा खटिने उप्रेतीले आफ्नै बुलबुतामा भारतको कानपुरबाट २०१७ सालमा एमबीबीएस पढाइ पूरा गरेका थिए ।

लेखक सञ्जीव उप्रेतीका पिता शंकरप्रसादलाई झापा जिल्लामा ‘आदर्श डाक्टर बा’का उपनामले चिनिन्छ । चिकित्सा पेसासँगै राजनीतिमा सक्रिय रहेका डा. उप्रेती पछिल्ला वर्ष काठमाडौंमा छोरा सञ्जीवका साथ बस्दै आएका थिए । स्व. उप्रेतीको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?