कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दर्जन पुल शिलान्यास र उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार झापा आउँदै

अर्जुन राजवंशी

बिर्तामोड — प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा आउँदै छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि ओली गृहजिल्ला आउन लागेका हुन् ।

तीन दर्जन पुल शिलान्यास र उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार झापा आउँदै

प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे भद्रपुर विमानस्थलबाट सिधै कमल गाउँपालिकाको तोपगाछी पुग्नेछन् । त्यहाँ ११:४५ बजे कमल खोलामा पुलको उद्घाटन गर्नेछन् । दोस्रो कार्यक्रम १२:४५ बजे दमक नगरपालिका १० बाट मोरङको आमबारी जोड्ने मावा–बेतनी खोलाको पुलको उद्घाटन गर्नेछन् । दिउसो १:१५ बजे दमक १० को सेतुमारीबाट गौरादह नगरपालिका जोड्ने रतुवा नदीमा निर्माण भएको पुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यस्तै दिउँसो साढे १ बजे कमल गाउँपालिका–७ झर्काहामा ‘चीन–नेपालमैत्री औद्योगिक पार्क’ को शिलान्यास गर्ने कार्यक्रम रहेको थापाले बताए । उनका अनुसार त्यसपछि दमक नगरपालिका–१ बाट इलामको चुलाचुली जोड्ने रतुवा नदीमा निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै मदन भण्डारी मार्गको धरान–बाहुनडाँगी सडकखण्डमा पर्ने ३१ वटा खोलामा पर्ने पुलहरूको एकै स्थानबाट सामूहिक शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली साँझ साढे ५ बजे भद्रपुर विमानस्थलबाट काठमाडौं फर्किने थापाले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?