कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना अपडेट : २४ घण्टामा ८१ संक्रमित, २ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । नेपालमा ९ सय ६७ सक्रिय संक्रमित रहेका छन् ।

कोरोना अपडेट : २४ घण्टामा ८१ संक्रमित, २ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ रहेको छ ।

हालसम्म देशभर २१ लाख ६० हजार ४ सय ४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६२ जना रहेका छन् ।


प्रकाशित : फाल्गुन १५, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?