कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माउन्ट केटु हिमाल चढ्नेहरुलाई सेनाद्वारा सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु हिमाल आरोहण गर्ने सदस्यहरुलाई नेपाली सेनाले बुधबार सम्मान गरेको छ ।

माउन्ट केटु हिमाल चढ्नेहरुलाई सेनाद्वारा सम्मान

सैनिक मुख्लायमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आरोही दलका सदस्यहरुलाई कदरपत्र प्रदान गरेका हुन् । उक्त टोलीले माघ ३ गते माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेका थिए ।

उक्त हिमालको उचाई ८ हजार ६११ मिटर रहेको छ । सो अवसरमा आरोहण दलका टिम लिडर निर्मल पुर्जाले मगरले आरोहणको दौरान मृत्युलाई चुनौती दिँदै माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेको बताए ।

उनले शिखरमा नेपाल र नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गान गाउँदै चुचुरोमा राष्ट्रिय झन्डा फहराउन आफूहरु सफल भएको बताए । उनको टोलीले जाडोयाममा उक्त हिमालयको सफलतापूर्वक आरोहण गरी ऐतिहासिक सफलता हासिल गरेको हो ।

प्रकाशित : फाल्गुन १२, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?