१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

सर्वोच्चले देशलाई दुर्घटनामा जानबाट जोगायो : रामचन्द्र पौडेल

'ओलीलाई अब एक सेकेन्ड पनि सत्तामा बस्ने अधिकार छैन'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । 

सर्वोच्चले देशलाई दुर्घटनामा जानबाट जोगायो : रामचन्द्र पौडेल

'संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ । म न्यायमुर्तिहरुलाई धन्यवाद दिन्छु,' इकान्तिपुरलाई दिएको संक्षिप्त प्रतिक्रियामा पौडेलले भने । उनले अब संसदले नै नयाँ नेतृत्व चयन गर्नुपर्ने पनि बताए ।

'केपी शर्मा ओलीलाई अब सत्तामा एक सेकेन्ड पनि रहने नैतिक अधिकार छैन । उनले तुरुन्त राजीनामा दिनुपर्छ,' पौडेलले भने ।

प्रकाशित : फाल्गुन ११, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?