निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त- समाचार - कान्तिपुर समाचार

निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई दक्षिण अफ्रिाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रवक्ता जगन्नाथ पन्तले जनाएका छन् ।


प्रकाशित : फाल्गुन ११, २०७७ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्

राजीनामा दिने सोच छैन : महान्यायाधिवक्ता खरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रस्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि उनले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताए । 

‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन,’ उनले भने, ‘राजीनामा दिने सोच पनि छैन ।’

महान्यायाधिवक्ताले राजीनामा गर्‍यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेषण गरेको भन्दै यसमा आफूलाई दु:ख लागेको उनले बताए । अहिलेको परिस्थितिलाई आफूअनुकूल बनाउन चाहनेहरूबाट यस्तो हल्ला आएको महान्यायाधिवक्ता खरेलले दाबी गरे ।

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि उनले स्पष्ट पारे । ‘प्रधानमन्त्रीले मलाई बोलाएरै, करिब ६/७ दिनको बहसको कतिपय पाटापक्षलाई उहाँले सुनेर, तपाईंहरूले राम्रो गर्नुभएछ, धन्यवाद छ । परिणाम आफ्नो ठाउँमा छँदै छ तर जे भए पनि तपाईंहरूको तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामीले आशा गरेकै परिणाम सकारात्मक हुन सक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’, उनले भने । यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जाहेर गरेको भन्दै, कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको खरेलले बताए ।


प्रकाशित : फाल्गुन ११, २०७७ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×