कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजीनामा दिने सोच छैन : महान्यायाधिवक्ता खरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रस्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि उनले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताए । 

राजीनामा दिने सोच छैन : महान्यायाधिवक्ता खरेल

‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन,’ उनले भने, ‘राजीनामा दिने सोच पनि छैन ।’

महान्यायाधिवक्ताले राजीनामा गर्‍यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेषण गरेको भन्दै यसमा आफूलाई दु:ख लागेको उनले बताए । अहिलेको परिस्थितिलाई आफूअनुकूल बनाउन चाहनेहरूबाट यस्तो हल्ला आएको महान्यायाधिवक्ता खरेलले दाबी गरे ।

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि उनले स्पष्ट पारे । ‘प्रधानमन्त्रीले मलाई बोलाएरै, करिब ६/७ दिनको बहसको कतिपय पाटापक्षलाई उहाँले सुनेर, तपाईंहरूले राम्रो गर्नुभएछ, धन्यवाद छ । परिणाम आफ्नो ठाउँमा छँदै छ तर जे भए पनि तपाईंहरूको तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामीले आशा गरेकै परिणाम सकारात्मक हुन सक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’, उनले भने । यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जाहेर गरेको भन्दै, कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको खरेलले बताए ।


प्रकाशित : फाल्गुन ११, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?