कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वप्रधानमन्त्री भट्टराईको उपचार आजबाट

कान्तिपुर संवाददाता

नयाँदिल्ली — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । भट्टराई आइतबार श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डेका साथ दिल्ली आएका हुन् । उनीहरू दिल्लीस्थित नेपाली दूतावासमा बसेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईको उपचार आजबाट

भट्टराईको सोमबारदेखि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्समा उपचार हुने प्रेस सल्लाहकार पाण्डेले जानकारी दिए । सोमबार दिउँसो १: ३० बजे वरिष्ठ चिकित्सक विक्रम भाटियाले भट्टराईको परीक्षण गर्नेछन् ।

भट्टराईले ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा न्युरो–इन्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको थियो । नेपालमा त्यो ट्युमर घातक भए/नभएको नखुलेपछि निदानका डा. नीरज जोशीले नै भट्टराईलाई चाँडै दिल्ली जान सुझाएको पाण्डेले बताए ।

यसैबीच भट्टराईले उपचारका लागि दिल्लीमा आउनुपरेकामा आफू लज्जित र दुःखित रहेको बताएका छन् । ‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा आफू लज्जित/दुःखित भएछु, २१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला ?’ उनले ट्वीट गरेका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?