कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना अपडेट : २४ घण्टामा ८० संक्रमित, १२१ संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ । नेपालमा १ हजार ४९४ सक्रिय संक्रमित रहेका छन् ।

कोरोना अपडेट : २४ घण्टामा ८० संक्रमित, १२१ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ सय २१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ८ सय ७६ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

अहिलेसम्म देशभर २१ लाख ३९ हजार ६३४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?