विश्वविद्यालय अनुदान आयोगको बेथितिप्रति विद्यार्थी आन्दोलित

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वविद्यालय अनुदान आयोगका बेथिति बन्द गर्दै रोकिएका छात्रवृत्ति तत्काल वितरण गर्न भन्दै अनेरास्ववीयूले प्रदर्शन गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगको बेथितिप्रति विद्यार्थी आन्दोलित

'उच्च शिक्षामा लगानी वृद्धि गर', 'विश्वविद्यालय अनुदान आयोगको बेथिति अन्त्य गर', 'रोकिएको छात्रवृत्ति अविलम्ब वितरण गर' लगायतका विभिन्न नारासहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

विद्यार्थीहरुको कोरोना महामारीकैबीच दोहोरो शिक्षण शुल्कको मारमा परेको र उच्च शिक्षा सुधार परियोजना अन्तर्गत विश्वविद्यालय अनुदान आयोग मार्फत् उपलब्ध हुने चौथो वर्षको छात्रवृत्ति रोकिँदा करिब ३ हजार ३ सय ४० विद्यार्थी जोखिममा परेको बताएका छन् ।

अनेरास्ववियुले भक्तपुर, सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोगलाई विभिन्न मागसहित माग पत्र समेत बुझाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?