कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — औषधि व्यवस्था विभागले  चिनियाँ कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप ‘भेरो सेल’लाई  नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।

चिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

विभागले बुधबार सूचना जारी गर्दै चीनको सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको खोपलाई अनुमति दिइएको जनाएको हो ।

चीनले यसअघि नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने बताइसकेको छ । यसअघि विभागले भारतको सिरम इन्स्टिच्युटको ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । माघ ८ गते भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो जसअनुसार अहिले खोप अभियान सञ्चालनमा छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?