२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

बुधबार कांग्रेस केन्द्रीय समिति बैठक, महाधिवेशन मिति सार्ने विषयमा छलफल हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्‍ने भएको छ । कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

बुधबार कांग्रेस केन्द्रीय समिति बैठक, महाधिवेशन मिति सार्ने विषयमा छलफल हुने

प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको बताए । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने बताए ।

संसद् विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुंगो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए ।

यस्तै, गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले संसद् विघटनलाई अवैधानिक, अलोकतान्त्रिक र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय अनुसार विभिन्न कार्यक्रमहरु गरेको र ती कार्यक्रमहरुको समिक्षा समेत बैठकमा हुने पनि प्रवक्ता शर्माले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?