कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

'सरकारले काम गर्नै नसक्ने अवस्था सिर्जना गरियो'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुदेखि नै अफ्ठ्यारा खडा गरेर सरकार सञ्चालनमा अवरोध पुर्‍याइएको बताएका छन् ।

'सरकारले काम गर्नै नसक्ने अवस्था सिर्जना गरियो'

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को पुनर्निर्मित भवनको उद्घाटनपछि सरकारको तीन वर्षे अवधिका उपलब्धिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन किन गर्नुपर्‍यो भन्ने प्रसंग निकाल्दै सुरदेखि नै अफ्ठ्यारा र व्यवधान खडा गरिएको बताएका हुन् ।

‘खासगरी पछिल्लो एक वर्षदेखि झन्डै दुई तिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन, सरकारलेजस्तो नियति भोग्नुपर्‌यो काममा सन्दर्भमा । एकातिर जनाताको उच्च आंकाक्षा सम्बोधन गर्नुपर्ने र अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अल्मलिएझैं सरकारले काम गर्नै नसक्ने अवस्था सिर्जना भयो ।,’ उनले भने ।

यसैगरी संवैधानिक निकायका नियुक्तिमा अवरोध गरिएको पनि प्रधानमन्त्रीले बताए । उनले ७४ फागुनयता संसदीय छलफलमा लगिएका विधेयकहरुमा अनावश्यक छलफलमा परेर गोलचक्करमा फसेको, फसाइएको बताए । 'झण्डै ३ वर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीबिहीन थिए । नियुक्ति, प्रक्रियामै जान पाउँदैन, अवरोध हुन्छ । सरकारले निर्णयका लागि सदनमा पेश गरेका प्रस्तावहरु समेत निर्णयार्थ प्रस्तुत गरिन्नन् । राजदूत खाली छन्, नियुक्त गर्न दिइन्न,' उनले भने, 'संवैधानिक अंगमा केही गरी कसैको सिफारिस भइहाले कचिंगल मच्चाइन्छ र आफ्नै दलका सदस्यले संसदीय सुनवाई समितिमा नियुक्ति अड्काउँछन् ।'

प्रकाशित : फाल्गुन ३, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?