२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

सपनाले दिइन् बस्नेतविरुद्ध प्रहरीमा उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विनयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

सपनाले दिइन् बस्नेतविरुद्ध प्रहरीमा उजुरी

सपनाले महानगरीय प्रहरी परिसर टेकुमा आइतबार बस्नेतविरुद्ध जाहेरी दिएको एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार बस्नेतले अनलाइनमार्फत अभद्र व्यवहार गरेको सपनाको उजुरीमा छ ।

सपनाको उजुरीपछि बस्नेतको खोजतलास भइरहेको र छिट्टै नियन्त्रणमा पर्ने एसएसपी सिंहले बताए ।

बेवारिसे शव व्यवस्थापन गरी चर्चामा आएकी सपना बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् ।

प्रकाशित : फाल्गुन २, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?