कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

ओलीले मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्‍न थाले : माधव नेपाल

'ओलीको पाप बत्ती बालेर त्यत्तिकै धोइपखाली गर्न सकिदैँन'

काठमाडौँ — नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताएका छन् ।

ओलीले मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्‍न थाले : माधव नेपाल

बुधबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताएका हुन् ।

'केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ,' नेता नेपालले भने, 'तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया ।'

देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताए ।

'केपी ओलीको शासनकालमा ७ हजार १७० नेपाली चेली बलत्कृत भएकी छन् । ती चेलीहको आत्मकाले ए, ओली तिमीले कतिजनालाई सजाए दिएका छौ,' नेपालले भने, 'तिमिजस्ता मान्छेलाई पार्टीले त्यो पदमा पुर्‍यायो तर तिमीले लोकतन्त्र समाप्त पार्न लागेका छौं । तिमिलाई धिक्कार छ । आम नेपाली जनताले भनेका छन् । केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि भन्लान केपी ओलीलाई धिक्कार छ ।’

ओलीको पाप बत्ती बालेर त्यत्तिकै धोइपखाली गर्न नसकिने अध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित : माघ २८, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?