कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना अपडेट : २४ घण्टामा १७१ संक्रमित, २२७ निको, २ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७७ जना रहेको छ ।

कोरोना अपडेट : २४ घण्टामा १७१ संक्रमित, २२७ निको, २ जनाको मृत्यु

हालसम्म २० लाख ८५ हजार ५७३ पीसीआर परीक्षण भएको मन्त्रालयको बताएको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ सय २७ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ ।

मृतकको संख्या २ हजार ३३ पुगेको छ । २४ घण्टामा भने कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ९२ जना छन् ।

प्रकाशित : माघ २२, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?