१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बन्दको अवज्ञा गरेको भन्दै भरतपुरमा चार ट्रकमा तोडफोड

रासस

चितवन — नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।

बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।

यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २२, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?