कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मसाल जुलुसबाट फर्कंदै गरेका नेकपाका सर्लाही इन्चार्ज बाटोमै मृत भेटिए

ओमप्रकाश ठाकुर

सर्लाही — मसाल जुलुसबाट फर्कंदै गरेका नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज डाचाराज वाग्ले बाटोमै मृत अवस्थामा भेटिएका छन् । उनको दुर्घटनामा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

बुधबार साँझ बरहथवामा मसाल जुलुस निकालेपछि उनी मोटरसाइकलमा राजमार्गतर्फ आउँदै थिए । उनलाई हरिपुर नगरपालिका–१ हजारबिगहाका वाग्ले मुर्तियाको जंगलमा लडिरहेको अवस्थामा भेटिएको थियो । बरहथवाबाट बुधबार अबेर राति हिँडेका उनी बाटोमा पर्ने जंगलमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकलबाट केही पर लडिरहेका वाग्लेलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।

वाग्लेको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । उनले जंगलको बाटोमा मोटरसाइकलको गति बढाएको वा जंगली जनावरले बाटो काट्दा दुर्घटना भएको हुन सक्ने बताए ।

बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भएका वाग्लेले साँझ मसाल जुलुसको नेतृत्व गरेका थिए ।

प्रकाशित : माघ २२, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×