कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

निर्वाचन आयोग पुगेर दाहाल–नेपाल समूहले गर्‍यो आधिकारिकता दाबी

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ ।

निर्वाचन आयोग पुगेर दाहाल–नेपाल समूहले गर्‍यो आधिकारिकता दाबी

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।

वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।

‘पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक हो,’ उनले भने । नेता खनालले दलहरुको विवाद निरुपण नगरी आयोग निर्वाचनमा जान नमिल्ने बताए । ‘बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभई कुनै चुनाव हुँदैन,’ खनालले भने, ‘दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई पन्छाएर निर्वाचन हुँदैन ।’

तस्बिर : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : माघ २०, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?