कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बुटवलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

घनश्याम गौतम

रूपन्देही — प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनसहित बुटवलमा विरोध सभा सुरु भएको छ । सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि उपस्थिति छ ।

बुटवलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा सभा जारी छ ।

तस्बिरहरु : माधवकुमार नेपालको फेसबुकबाट

सभामा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, चक्रपाणी खनाल, नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले सम्बोधन गर्दै प्रतिगमन सच्चिनु पर्ने बताए । उनीहरुले प्रतिनिधिसभा पुन:स्थापनाको विकल्प नरहेको र नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताए ।

सभामा नेकपाका स्थायी कमिटी सदस्य तथा दाहाल–नेपाल समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले केपी ओलीले एकैसाथ तीन वटा विषयमा प्रहार गरेको बताए । संसद् विघटन गरेर छिन्नभिन्न पारेको भन्दै अब केपी ओलीविहिन कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफुहरु लागेको उनले बताए ।

प्रकाशित : माघ १५, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?