कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्'

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

'हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्'

वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सिएझैँ नै तम्सिने बताएका छन् ।

उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ' प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।'

उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडीमा सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार गरेझैँ दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरेका छन् । पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि थप ऊर्जा प्रदान गर्ने बताएका छन् ।

प्रतिगमनविरुद्धका सबै आन्दोलनमा आफ्नो समर्थन रहने उल्लेख गर्दै उनले लेखेका छन्, 'सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर दमनले नागरिकलाई थप ऊर्जा प्रदान गर्दछ, अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमनविरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।'

प्रकाशित : माघ १३, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?